प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएको ८ दिन बितिसक्दा पनि म...
चैत १३, २०७९ सोमबार
खोटाङ - पहिरोका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा ६ घरपरिवार विस्थापित भएका छन् ।
साविकको जालपा–८ सावालुङका जितबहादुर राई, भीमबादुर राई, कर्णबहादुर राई, रामीरा राई र शारदा राईको परिवार विस्थापित भएका हुन् ।
यस्तै, पहिरोका कारण साविकको जालपा–३ का धनकुमार विश्वकर्माको परिवार पनि विस्थापित भएको वडाध्यक्ष दानबहादुर राईले बताउनुभयो ।
धुँजा फाटेर पहिरो जान थालेपछि विस्थापितलाई हुर्लुङ–जालपा–फेदी सडक छेउमा खेतमा प्लास्टिक टाँगेर अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ । वडा कार्यालय र टोल विकास संस्था सावालुङको पहलमा विस्थापितलाई अस्थायी बसोबासको व्यवस्था मिलाइएको उपमेयर बिसान राईले बताउनुभयो ।
खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।