गाडीमा लेखिएका अश्लील र अपाच्य सायरी हटाउँदै ट्राफिक प्रहरी

 असार २३, २०७९ बिहिबार १३:२१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - ट्राफिक प्रहरीले गाडीमा लेखिएका अश्लील, अपाच्य सायरी र गजललगायत सामग्री हटाउन थालेकाे छ ।

प्रहरीले गाडीमा लेखिएका अश्लील, अपाच्य, गाली, कानुन विपरीत तथा समाजमा विकृती ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाइ लेखहरूलाई हटाउने वा मेट्न लगाउने अभियान सञ्चालन गरेकाे हाे । 

गाडीमा लेखिएका त्यस्ता सामग्रीहरुले चालकको ध्यान माेडिइ दुर्घटना निम्त्याएको पाइएपछि अभियान नै ल्याइएकाे काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

नेपालको कानुन विपरीत महिला, बालबालिका, सिमान्तकृत समुदायलाई अपमान र अवहेलना गर्ने गरी कुनै पनि लेख रचना कविता सायरी वा कुनै पनि प्रकारका सामग्री प्रचारप्रसार गर्न वा लेख्न पाइँदैन । 

अश्लील लाग्ने र द्विअर्थी लेखहरुले सामाजिक र मानसिक खलल, हिंसा र विकृती बढाएकाे तथा सडक सभ्यतामा पनि आँच पुर्‍याएकाले त्यस्ता गतिविधि रोक्नतर्फ लागेकाे प्रहरीले जनाएकाे छ । 

त्यस्तै गाडीकाे सिसामा स्टिकर वा अन्य कुनै प्रचार सामग्री नटाँस्न पनि ट्राफिक प्रहरीले चालकहरूलाई सुसूचित गरेको छ ।

ट्राफिक प्रहरीले चालक आसपास क्याबिनमा सजावटका लागि झल्लरलगायतका सामग्री तथा म्युजिक सिस्टम राख्न पनि निषेध गरेको छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया