सत्ता गठबन्धन अन्तर्गतको सिट बाँडफाँट कार्यदलको बैठक चल्दै

 साउन २३, २०७९ सोमबार १७:२४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सत्ता गठबन्धन अन्तर्गतको सिट बाँडफाँट कार्यदलको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक चलिरहेको माओवादी केन्द्रका नेता तथा कार्यदलका सदस्य वर्षमान पुनले उज्यालोलाई जानकारी दिनुभयो ।

आउँदो मङ्सिरमा हुने आम चुनावकाे सिट बाँडफाँटका लागि गठबन्धनले कार्यदल बनाएको छ । कार्यदलले साउनभित्रै बाँडफाँटको काम सक्ने तयारी गरेको छ । कार्यदलमा कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की हुनुहुन्छ । त्यस्तै माओवादीबाट वर्षमान पुन र जर्नादन शर्मा, नेकपा एकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य हुनुहुन्छ ।

गएको वैशाखमा सम्पन्न पालिका चुनावमा तालमेल गरेका पाँच दलले आउँदाे प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा पनि तालमेल गर्ने निर्णय गरेका छन् । सत्ता गठबन्धनले तालमेल गरेमा आफ्नो दलले पराजय बेहोर्ने भन्दै एमालेले पनि गठबन्धनबाहेकका दलसँग मोर्चा बनाउन प्रयास गरिरहेको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया