तिब्बतसँग सीमा जाेडिएकाे टिपताला नाका खुला गर्न पहल गरिदिन प्रशासन कार्यालयलाई अनुराेध

 साउन ३१, २०७९ मंगलबार १७:१८:१६ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले तिब्बतसँग सीमा जोडिएको टिपताला नाका खुला गर्न पहल गरिदिन जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ । गाउँपालिकाले आज मङ्गलवार एक पत्रमार्फत् प्रशासन कार्यालयलाई टिपताला नाका खुला गर्न सहजीकरण  गरिदिन अनुरोध गरेको हो ।

कोरोना महामारीका कारण लामो समयदेखि यो नाका बन्द छ । नाका बन्द हुँदा स्थानीयवासीले उत्पादन गरेका पशुजन्य सामग्री, जडीबुटी, गलैँचालगायतका सामान निर्यात गर्न पाएका छैनन् । फक्ताङलुङ गाउँपालिकाको वडा नम्बर ७ मा रहेको यो नाकामार्फत स्थानीयवासीले पशुजन्य जडीबुटी, गलैँचालगायतका सामान निर्यात गर्ने र खाद्यान्नलगायतका अन्य दैनिक उपभोग्य वस्तुको आयात गर्दै आएका थिए । अहिले आयात रोकिँदा सदरमुकामबाट तेब्बर महँगाे मूल्यमा खाद्यान्न किन्नु परेकोले आर्थिक सङ्कट बढ्दै गएको पत्रमा भनिएको छ ।  

नाका बन्द हुँदा उपचारका गर्नका लागि समेत तीन दिन हिँडेर मात्र सदरमुकाम पुग्न सकिने अवस्था रहेकाले निकै समस्या भएकाले छिटो भन्दा छिटो नाका खोलिदिन सहजीकरण गरिदिन गाउँपालिकाले प्रशासन कार्यालयलाई आग्रह गरेको हो । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया