प्रदीप गिरिप्रति प्रधानमन्त्रीसहित नेताद्वारा श्रद्धाञ्जली (तस्बिरहरू)

 भदौ ५, २०७९ आइतबार १४:३९:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका स्व. नेता प्रदीप गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएकाे छ । 

आज आइतवार सानेपामा रहेकाे पार्टी केन्द्रीय कार्यालयमा प्रधानमन्त्री देउवाले गिरिप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएकाे हाे । 

गिरिलाई श्रद्धाञ्जली अर्पण गर्न नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र कांग्रेससहितका नेताहरू सानेपा पुगेका हुन् । आजै गिरिकाे अन्त्येष्टि गरिने कांग्रेसले जनाएको छ ।

७५ वर्षीय गिरिको उपचारका क्रममा नेपाल मेडिसिटी अस्पतालमा शनिवार राति साढे ९ बजे निधन भएको हो । उहाँ लामो समयदेखि घाँटीको क्यान्सरबाट पीडित हुनुहुन्थ्याे । 

तस्बिर : रासस

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया