२२ वर्षसम्म पनि बनेन ताप्लेजुङकाे बसपार्क

 भदौ ९, २०७९ बिहिबार १८:१७:२५ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङमा निर्माण सुरु भएको २२ वर्षसम्म पनि बसपार्क बन्न सकेको छैन । २०५६ सालमा फुङलिङ नगरपालिकाको वडा नम्बर ४  र ५ मा पर्ने ठूलोगाउँमा बन्दै गरेको बसपार्क निर्माणका लागि अहिलेसम्म झन्डै चार करोड रुपैयाँ खर्च भइसक्दा पनि कहिलेसम्म बनिसक्छ भन्ने टुङ्गो छैन । 

बसपार्क निर्माणको काम अलपत्र हुँदा सडकका किनारमा पार्किङ गर्ने गरिएका छन् । विभिन्न विवादका कारण निर्माणको काम अलपत्र परेको फुङलिङ नगरपालिकाका प्रवक्ता मोहन न्यौपानेले बताउनुभयो । नगरपालिकाकी उपमेयर भीमादेवी ओझाले आफूले पहिलेदेखि नै यहाँ बसपार्क बनाउन उपयुक्त नहुने बताउँदै आए पनि अहिले लगानी धेरै भइसकेकाे बताउनुभयाे ।    

साँघुरो बजार अनि बजारको बीचमा राजमार्ग पर्ने हुँदा बसपार्कको अभावमा ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको जिल्ला ट्राफिक कार्यालय ताप्लेजुङका प्रमुख एवम् प्रहरी सहायक निरीक्षक (असई) सुशील विश्वासले बताउनुभयो । गाडीको चाप बढ्दै जाँदा पनि चुनौती थपिएको उहाँले बताउनुभयो । 

जिल्लाका समाजसेवी डिल्लीजङ्ग मादेन, स्व. डम्बरसिंह गुरुङ, बमबहादुर प्रधान र जसोदा गुरुङले उपलब्ध गराएको जग्गामा बसपार्क बनिरहेको हो । 

धार्मिक तथा पर्यटकीय हिसाबले महत्त्वपूर्ण जिल्लामा १२ महिना नै गाडीको चाप हुने गरेको छ । जिल्लामा साना, ठूला गरी दैनिक दुई सय वटाभन्दा बढी गाडी आउजाउ हुने जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । विशेष मेला र पर्वको समयमा भने दैनिक पाँच सय वटासम्म गाडी आउजाउ हुने गरेको छ ।   

यस्तै गाडीको चाप अनि सडकको दायाँ र बायाँ फुटपाथ नहुँदा हिँड्न समस्या भएको स्थानीयवासी बताउँछन् । सडकको केन्द्र विन्दुदेखि दायाँ र बायाँतिर १५/१५ मिटर छाड्नुपर्ने सडक विभागको मापदण्ड भए पनि यहाँ त्यो पालना भएको देखिँदैन । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया