एसिया कप क्रिकेटमा भारतले अफगानिस्तानलाई फराकिलो अन्तरले हरायो : कोहलीको शतक

 भदौ २४, २०७९ शुक्रबार ६:२६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एसिया कप क्रिकेट सुपर चारको आफ्नो अन्तिम खेलमा भारतले अफगानिस्तानलाई फराकिलो अन्तरले हराएको छ । गएराति दुबईमा भएको खेलमा भारतले अफगानिस्तानलाई १ सय १ रनले हराएको हो ।

भारतले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ११ रन मात्र बनाउन सक्यो । अफगानिस्तानका इब्राहिम जाड्रनले अविजित ६४ रनको अर्धशतकीय पारी खेले । भारतका भुवनेश्वर कुमारले ५ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा २ विकेट गुमाएर २ सय १२ रन जोडेको थियो ।

भारतका विराट कोहलीले अविजित १ सय २२ रनको शतकीय पारी खेले । उनको यो पहिलो टी–२० अन्तर्राष्ट्रिय शतक पनि हो । योसहित कोहलीले करियरको ७१औँ शतक बनाएका छन् । त्यस्तै कप्तान केएल राहुलले ६२ रनको अर्धशतकीय पारी खेले । अफगानिस्तानका फारिद अहमदले २ विकेट लिए ।

भारतको यो सान्त्वना जित मात्रै हो ।आज पाकिस्तानले सुपर चारको अन्तिम खेलमा श्रीलङ्कासँग खेल्नेछ । उपाधिका लागि आइतवार श्रीलङ्का र पाकिस्तान नै खेल्नेछन् ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया