गठबन्धन सरकार वीपीको सिद्धान्तअनुरूप अघि बढेको छ : पाैडेल

 भदौ २४, २०७९ शुक्रबार १९:१:२४ | रासस
unn.prixa.net

फाइल तस्बिर

तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन सरकार वीपीको सिद्धान्तअनुरूप अघि बढेको बताउनुभएको छ । 

नेपाली कांग्रेस जिल्ला कार्यसमिति तनहुँले आज शुक्रवार दमौलीमा आयोजना गरेको १०९ औँ वीपी जयन्ती तथा जनताका साथमा कांग्रेस अभियानको पहिलो चरणको समापन कार्यक्रममा उहाँले वीपीको मूल सिद्धान्त राष्ट्रिय एकता र मेलमिलापको नीति रहेकाले अहिलेको गठबन्धन सरकार त्यहीअनुरूप चलेको स्पष्ट पार्नुभयो । 

‘वीपीले देखाएको मार्गलाई कांग्रेसले अवलम्बन गर्दै अघि बढेको छ’, उहाँले भन्नुभयो, ‘यदि सिद्धान्त विपरीत हिँडेको भए अहिले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आउँदैन्थ्यो ।’  

वीपीले जसरी जनतालाई शक्तिशाली बनाउन लागे त्यहीअनुरूप जनताको सपना साकार पार्न कांग्रेसले अहम् भूमिका निर्वाह गर्दै आएको उहाँले बताउनुभयो । उहाँले देशमा सङ्कट देखापर्दा कांग्रेसले निकास र बाटो देखाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको र आउँदा दिनमा पनि अवलम्बन गर्दै अघि बढ्ने प्रण व्यक्त गर्नुभयो । 

अबको अभियान भनेको पार्टी र गठबन्धनका उम्मेदवारलाई विजयी गराउनु मुख्य उद्देश्य रहेकाले पार्टीका सबै तह र तप्काबाट सक्रिय भएर लाग्न उहाँले निर्देशन दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया