अस्तव्यस्त काठमाण्डाै उपत्यकाका खुला ठाउँ (फाेटाे फिचर)

 भदौ २५, २०७९ शनिबार १०:४५:१३ | न्युज एजेन्सी नेपाल
unn.prixa.net

तीनकुने क्षेत्र

काठमाण्डाै – काठमाण्डाै उपत्यकामा टहलिनका लागि खुला ठाउँको अभाव छ । उपत्यकाभित्र यस्ता सायदै ठाउँ होलान् जहाँ केही समयका लागि टहलिन मिल्ने ठाउँ छन् । काठमाण्डाै बस्तीहरूले भरिएको सहर हो । मानिसको भिड र अव्यवस्थित बसोवासका कारण खाली ठाउँ प्रायः शून्य छ । यसको मुद्दा बेलाबेलामा नउठेको पनि होइन । तर समस्या भने ज्यूँ का त्यूँ छ । समस्या समाधानको बुटी फेला पर्न सकेको छैन ।

ललितपुरकाे बज्रवाराही

खाली ठाउँ हुनुपर्छ भन्ने पाठ त हामीलाई विं. सं. २०७२ सालको भूकम्पले पनि सिकाएर गएको छ । तर यसलाई सम्बन्धित पक्षले वास्ता गरेकाे पाइँदैन । काठमाण्डाै उपत्यकामा खुला ठाउँ नभएका होइनन् तर बिस्तारै हराउँदै र मेटिँदै गएका छन् । खुला ठाउँ कसले गायब बनायो यो सोधको विषय बन्नसक्छ ।

भृकुटीमण्डप, सिंहदरबार

टुँडीखेल, रत्नपार्क, तीनकुनेको घाँसे मैदान, सिफल चौर, पुल्चोकको मदन स्मारक, पशुपति मन्दिर परिसर, लगनखेलको सप्तपाल पोखरी, गोदावरीकाे बोटानिकल गार्डेन, भृकुटीमण्डपकाे टहरा, चापागाँउको बज्रवाराही क्षेत्र खुला ठाउँ थिए कुनै बेलामा । तर आज यी कुनै पनि ठाउँ खुला छैनन् । अतिक्रमण, व्यावसायिक प्रयोजनले सबै खुला ठाउँ मासिएका छन् ।

गाेदावरी

बालबालिकालाई रमाउन, वृद्धवृद्धाका लागि टहलिन र युवापिढीका लागि थकान मेटाउने यस्ता ठाउँको अभाव दिनप्रतिदिन मेटिँदै छ । खाली भएका ठाउँ पनि व्यवस्थित हुन सकेकाे छैन । न्युज एजेन्सी नेपालका फोटो पत्रकारले खिचेका यिनै दृश्यहरू आजको फोटो फिचरमा ।

बटुकभैरव, लगनखेल

मलपाेखरी

पशुपति क्षेत्र

मदन स्मारक, पुलचाेक

सिफल

सिफल चउर

धरहरा क्षेत्र, काठमाण्डाै

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया