रुसमाथि जवाफी आक्रमण सुरु गरेको युक्रेनी राष्ट्रपति जेलेन्स्कीक...
जेठ २८, २०८० आइतबार
पाँचथर – वर्षासँगै सडकमा पहिरो झरेपछि मेची राजमार्ग अन्तर्गत फिदिम–काबेली खण्ड अवरुद्ध भएको छ ।
मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका–२ अमरपुरमा गएराति करिब ३० मिटर माथिबाट ढुङ्गासहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएपछि ताप्लेजुङबाट फिदिम हुँदै तराईसम्म पुग्ने र फिदिमसहित विभिन्न ठाउँबाट ताप्लेजुङका लागि छुटेका गाडी बाटोमै रोकिएका छन् ।
सडक सञ्चालनमा ल्याउन पहिरो पन्छाउने काम भइरहेकाे जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पहिरोले अन्य क्षति नगरे पनि सडक पूर्ण रुपले अवरुद्ध भएको छ ।
पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ ।