खोरुंगा खोला जलविद्युत आयोजनाको ५५ प्रतिशत काम पूरा

 असोज १३, २०७५ शनिबार ८:२५:४६ | प्रकाश धौलाकोटी
unn.prixa.net

तेह्रथुम – तेह्रथुमको खोरुंगा खोलामा निर्माणधीन साढे ७ मेगावाटको माथिल्लो खोरुङ्गा खोला जलविद्युत आयोजनाको ५५ प्रतिशत काम पूरा भएको छ । 

२०७३ साल माघबाट निर्माण सुरु भएको आयोजनाको आधाभन्दा बढी काम सकिएको हो । आयोजनाको बाँध, पाइप लाइन र विद्युत गृह लगायत सबै संरचनाको काम काम भइरहेको तेह्रथुम पावर कम्पनीका कार्यकारी निर्देशक मोहनकुमार डाँगीले बताउनुभयो । 

उहाँका अनुसार इवाखोला र खोरुङ्गा खोलामा आयोजनाको छुट्टा–छुट्टै बाँध निर्माण भइरहेको छ । आयोजनाको दुईमध्ये इवाखोलाको बाँधको काम सकिएको छ । खोरुङ्गा खोलाको बाँध निर्माणाधीन रहेको छ । गत असारमा भारी वर्षापछि आएको बाढीले क्षति पुर्‍याएको इवाखोलाको बाँध क्षेत्रको अन्डर–स्लुइस गेट र ग्राभेल ट्रापको पुनर्निर्माण गरिएको कम्पनीले जनाएको छ । यस्तै, आयोजनाको विद्युत गृहको जग खन्ने काम पूरा भएको छ । सर्ज ट्याङ्कको काम पनि सुरु भएको छ । 

खोरुङगा खोलाको पानी इवाखोलामा झारेर विद्युत गृहमा पठाई साढे ७ मेगावाट विद्युत उत्पादन गर्ने गरी आयोजना डिजाइन गरिएको छ । आयोजना सम्पन्न गरी २०७६ पुस १ गतेबाट व्यवसायिक विद्युत उत्पादन गर्ने तालिका छ । तर, लक्ष्यभन्दा ६ महिनाअघि नै निर्माण सम्पन्न गरेर विद्युत उत्पादन सुरु गर्ने कम्पनीका अध्यक्ष भुपतिलाल श्रेष्ठको दावी छ । 

आयोजना पूरा भएपछि विद्युत गृहबाट ४ दशमलब ७ किलोमिटर दूरीमा पर्ने जिरीखिम्ती सब–स्टेसनमार्फत राष्ट्रिय प्रसारणमा जोडिनेछ । सब स्टेसनसम्म आवश्यक पर्ने ३३ केभी प्रसारण लाइन कम्पनी आफैंले निर्माण गर्नेछ ।

कूल १ अर्ब ३७ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७३ प्रतिशत ऋण र २७ प्रतिशत स्व–पूँजी लगानी छ । आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा नेपाल बंगलादेश र जनता बैंकले ऋण लगानी गरेका छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रकाश धौलाकोटी

उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया