च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
काठमाण्डाै - देशकै ठूलो महानगरपालिका, देशभरका मानिस बस्ने ठाउँ, देशभरका सहरमध्ये सबैभन्दा धेरै मानिसको बसोबास गर्ने ठाउँ पनि हो काठमाण्डौ । देशको राजधानी भइसकेपछि देशभरका मानिसको पहिलो रोजाइ काठमाण्डौ हुनु पनि स्वाभाविक नै हो । चाहे त्यो शिक्षामा होस् वा त रोजगारीमा नै किन नहोस् । तर विडम्बना काठमाण्डौ जस्तो देशको राजधानी र प्रमुख सहरका सडकहरुको अवस्था अहिले पनि अस्तव्यस्त र दयनीय छ। कतै खाल्डाखुल्डी त कतै हिलाम्मे र धुलाम्मे बाटो ।
चिल्लो सडकको व्यवस्थापन र निर्माण त परको कुरा, पुनःनिर्माणको काम समेत सरकारी निकायहरुले गर्न सकेका छैनन् । जमानामा बनेका सडकहरुमा बिच्छ्याइएको कालोपत्र उप्केर गइसक्यो, बाटोमा खाल्डाखुल्डी, धुलो, हिलो र ढलका पाइप बिच्छ्याउन महिनौँदिनसम्म पनि सडकमा व्यवधान खडा गरिन्छ । भत्किएको सडकमा दुर्घटनाको जोखिम त छ नै साथमा सिर्जित व्यवधानले आवतजावतमा झनै सकस पुगेको देखिन्छ । सरकारी निकाय र राजनीतिक दलका प्रतिनिधिहरु विकासको कुरामा सवालजवाफमा नै सीमित छन् ।
चुनावका बेला बाध्यताले गरिएको कालोपत्र र सडक निर्माण केही महिना नबित्तै भत्किएर पुनः उस्तै हुन्छ । दीर्घकालीन रुपमा समस्याको समाधान गर्दा आफूले पनि प्रयोग गर्न सहज र छिटो हुन्छ भन्ने महसुस गर्न प्रतिनिधिहरुले सकिरहेका छैनन् । कतै सडक भत्काएर छोडिएको छ भने कतै बीच बाटोमा नै ढलका लागि खाली ठाउँ वारपार गरेर छोडिएको छ, कतै टायर, ढुङ्गा थुपारिएको छ भने कतै बाँस रड जस्ता सामग्री छरपस्ट छन्, त कतै होर्डिङ बोर्डहरु छरपस्ट देख्न सकिन्छ ।
तस्बिरमा हेरौँ काठमाण्डौको यस्तै दृश्य :
प्रकाश चपाई
Sept. 24, 2022, 12:06 p.m.mcc पास गर्ने दलाललाई जिम्मा देऊ।