पौडीमा मंगलवार दुई कीर्तिमान कायम

 कात्तिक १, २०७९ मंगलबार १२:३२:२१ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडी प्रतियोगितामा दुई राष्ट्रिय कीर्तिमान कायम भएका छन् । पुरुष २ सय मिटर बटरफ्लाईको हिट राउण्ड र ५० मिटर फ्रिस्टाइलको हिट राउण्डमा कीर्तिमान कायम भएका हुन् ।

५० मिटर फ्रिस्टाइलमा आर्मीका अलेक्जेडर शाहले आफ्नै कीर्तिमानमा सुधार गरेका छन् । उनको नाममा रहेको २३ दशमलव ९० सेकेण्डको समयलाई सुधार गरेर २३ दशमलव ५७ सेकेण्डमा झारेका छन् ।

त्यसै गरी पुरुष २ सय मिटर बटरफ्लाईमा नथनर्दोजे शेर्पाको नाममा रहेको २ मिनेट १८ दशमलव १० सेकेण्डको कीर्तिमानलाई एनआरएनका आशीष सापकोटाले २ मिनेट १६ दशमलव ४३ सेकेण्डमा दूरी सक्दै नयाँ कीर्तिमान बनाएका हुन् ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया