८ सय मिटर दाैडमा आर्मीका सोम र एपीएफकी फूलमतीले जिते स्वर्ण

 कात्तिक २, २०७९ बुधबार १०:५४:३४ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेट्क्सिको ८ सय मिटर दौडमा पुरुष तर्फ त्रिभुवन आर्मी क्लबका सोम बहादुर कुमाल र महिलातर्फ एपीएफकी फूलमती रानाले स्वर्ण पदक जितेका छन् ।

निर्धारित दुरी १ मिनेट ५५ दशमलव ५२ सेकेन्डमा पूरा गर्दै सोमले स्वर्ण जितेका हुन् । रजत विजेता नेपाल पुलिस क्लबका तेजबहादुर कार्कीले निर्धारित दुरी १ मिनेट ५५ दशमलव २१ सेकेन्डमा पूरा गरे । 

महिलातर्फको खेलमा निर्धारित दुरी २ मिनेट २७ दशमलव ३६ सेकेन्डमा पूरा गर्दै फूलमतिले स्वर्ण जितिन् । आर्मीकी सरस्वती भट्टराईले निर्धारित दुरी २ मिनेट २७ दशमलव ५० सेकेन्डमा पूरा गर्दै रजत पदक हात पारिन् ।
 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया