महिला ४ सय मिटर रिले दौडमा आर्मीलाई स्वर्ण, पुरुषतर्फ एपीएफलाई स्वर्ण

 कात्तिक २, २०७९ बुधबार १७:५:२५ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – महिला ४ सय मिटर रिले दौडमा नेपाल आर्मी क्लबले स्वर्ण पदक जितको छ । आर्मीले गण्डकी प्रदेशलाई पछि पार्दै स्वर्ण पदक जित्यो । आर्मीका लागि रमिता गुरुङ सरस्वती चौधरी, जयरानी थारु र निर्मला थापाले ४९.६० सेकेन्डमा दुरी पार गरे ।

गण्डकीका लागि मसिना अधिकारी, अनिसा भण्डारी, सविना खातुन मिया र निशा घर्तीले ५२.७५ सेकेन्डमा दुरी पूरा गर्दै रजत पदक जिते । बाग्मतीका लागि रजीता दुलाल, स्वगता खाइजु, प्रकृति सुवाल र लुजना आमात्यले ५२.७६ सेकेन्डमा दुरी पूरा गर्दै कास्य पदक जिते ।

यस्तै पुरुष ४ सय मिटर रिले दौडमा सशस्त्र प्रहरीकाे एपीएफले स्वर्ण पदक जितेको छ । एपीएफका निरप्रदाप महतो, आशिष चौधरी, शिवराज पार्की र चन्द्रबहादुर पुलामी मगरले ४२.४४ सेकेन्डमा दुरी पूरा गर्दै स्वर्ण जिते । आर्मीका जीवन चौधरी, विवश थारु, युवराज विक र डिल्ली भण्डारीले ४२.६० सेकेन्डमा दुरी पूरा गर्दै रजत पदक जिते । 

त्यसैगरी लुम्बिनी प्रदेशका सीमान पाण्डे, सुजल डाँगी, रोशन थारु र तुल्सीराम थारुले ४४.३८ सेकेन्डमा दुरी पूरा गर्दै कास्य पदक जिते ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया