निर्मला हत्याको सत्यतथ्य बाहिर आउँछ : सांसद बस्नेत

 असोज १५, २०७५ सोमबार १९:४६:८ | रासस
unn.prixa.net

कास्की – सङ्घीय संसद्का सांसद महेश बस्नेतले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको सत्यतथ्यबाहिर आएरै छाड्ने बताउनुभएको छ ।

सरकारले पहिलोपटक मातहतका एसपी, डीएसपीलगायत नौ जनालाई निलम्बन गरेर घटनाको अनुसन्धान गरिरहेकाले समय लागे पनि घटनामा संलग्नको पहिचान भई छाड्ने भनाइ उहाँको छ । 

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल कास्कीले साेमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्वउद्योगमन्त्रीसमेत रहनुभएका सांसद बस्नेतले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय केही घटनाको उदाहरण दिँदै निर्मला पन्तको घटनाको पनि वास्तविकता पत्ता लाग्ने र दोषीलाई कारबाही हुने बताउनुभयाे । 

'१३ वर्षपछि रानीवन हत्याकाण्ड पत्ता लाग्यो, रणबहादुर बमको घटना पत्ता लाग्न पनि तीन वर्ष समय लाग्यो', बस्नेतले भन्नुभयो, 'थुप्रै राष्ट्रिय/अन्तर्राष्ट्रिय घटना छन्, जसको वास्तविकता पत्ता लाग्न समय लागेको छ । कञ्चनपुर घटनामा पनि ढिलाइ हुन सक्दछ तर दोषी पत्ता नलाग्ने भन्ने हुँदैन ।'

पहिला बलात्कारलगायत महिला हिंसाका घटना भित्रभित्र मिलाउन दबाब दिएर दबाउने गरिए पनि अहिले महिला चेतना बढेको कारणबाट घटना सार्वजनिक भएर कानूनी दायरा र प्रक्रियामा आउन थालेको सांसद बस्नेतको भनाइ छ । 

चुनावमा दलबीच प्रतिस्पर्धा भएर एउटाले बहुमत ल्याएर सरकार चलाए पनि निर्वाचित सरकारले ल्याउने विकासका कार्यक्रममा भने सत्तापक्ष/प्रतिपक्ष नभनी एकताका साथ अघि बढ्न उहाँले दलहरुलाई आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया