'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
दाङ – लामो समयदेखि बन्द रहेको टरिगाउँ विमानस्थल पुनः सञ्चालनमा आउने भएको छ ।
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलबीच सोमबार भएको सहमतिअनुसार आज जहाजले परीक्षण उडान गर्नेछ । “दशैँअगाडि बाटै हामीले सातामा दुई पटक विमानसेवा सञ्चालनको तयारी गरेका छौँ,” निगममा प्रवक्ता अशोक सिग्देलले भन्नुभयो । उहाँले इन्धनको समस्याका कारण काठमाडौँदेखि भैरहवा हुँदै टरिगाउँ विमानस्थलमा विमान अवतरणको तयारी रहेको जानकारी दिनुभयो ।
प्रवक्ता सिग्देलले परीक्षण उडान गरेसँगै विमानसेवा दशैँअगाडि सम्मका लागि सातामा दुई पटक सम्भवतः सोमबार र शुक्रबार सञ्चालन हुने समेत बताउनुभयो । सिग्देलले परीक्षण उडानको रिपोर्ट पेश भएसँगै नागरिक उड्डयन प्राधिकरणले अध्ययन गरेर सहमति दिएपछि उडान तालिका बनाइने बताउनुभयो । “साताभित्र सबै प्रक्रिया पूरा गरेर विमान सञ्चालन हुनेछ,” उहाँले भन्नुभयो ।
नेपाल एयरलाइन्सले उडान भर्ने भएकाले अन्य विमान कम्पनीको भन्दा कम भाडा तय हुने नगरप्रमुख पाण्डेले बताउनुभयो । उहाँले सातामा दुई पटक सञ्चालन हुँदा रु ६ हजारसम्म र त्यसपछि रु पाँच हजारभन्दा कम भाडा तय हुने बताउनुभयो । तुलसीपुर विमानस्थल लामो समय सञ्चालनमा नआउँदा हवाईसेवा प्रयोग गर्ने यहाँका यात्रु भैरहवा र नेपालगञ्ज जान बाध्य थिए ।
महँगो भाडाका कारण पाँच महिनादेखि हवाईसेवा बन्द थियो । तुलसीपुर उपमहानगरपालिकाले गत भदौ ३१ गते हवाईसेवा सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, दाङका सम्पूर्ण सभासद् र निगमका प्राविधिक कर्मचारीको सहभागितामा विमानस्थलमै अन्तरक्रिया कार्यक्रम गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।