३ महिनामा झन्डै १७ लाख बुक तास आयात, साढे ३ कराेड रुपैयाँ बाहिरियाे

 कात्तिक १४, २०७९ सोमबार १७:२६:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – तीन महिनामा नेपालमा साढे तीन करोड रुपैयाँभन्दा धेरैको तास आयात भएको छ । भन्सार विभागले हिजो आइतवार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को तीन महिनाको तथ्याङ्कअनुसार नेपालमा १६ लाख ९६ हजार दुई सय १२ बुक तास आयात हुँदा तीन करोड ५९ लाख १० हजार रुपैयाँ बाहिरिएको छ ।

देशमा विदेशी मुद्राको सञ्चिति घट्दै गएको भन्दै सरकारले विलासी वस्तुको आयातमा बन्देज र कडाइ गरेको छ । तर विलासिताकै वस्तुमा गणना हुने तासको आयात भने डरलाग्दो देखिएको छ ।

तीन महिनामा चीनबाट १६ लाख ५६ हजार बुक तास आयात गर्दा तीन करोड २५ लाख रुपैयाँ र भारतबाट ४० हजार एक सय बुक तास आयात गर्दा ३३ लाख ५१ हजार रुपैयाँ बाहिरिएको छ ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया