नेपालको वन क्षेत्रमा दक्षिण कोरियाले सहयोग गर्ने

 असोज १६, २०७५ मंगलबार १८:१३:४२ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाडौं – नेपाल र गणतन्त्र दक्षिण कोरियाबीच वन तथा वातावरण संरक्षणका क्षेत्रमा सहकार्य हुने भएको छ ।

कोरियाले नेपालको वन तथा पर्यावरण क्षेत्रमा आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्न चासो देखाएको हो । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतसँगको मंगलबार मन्त्रालयमा भएको भेटमा नेपालका लागि कोरियाली राजदूत पार्कयोस् सिकले उक्त सहकार्यको प्रस्ताव राख्नुभएको मन्त्रालयले जनाएको छ ।

भेटमा मन्त्री बस्नेतले केही वर्षअघि नेपालमा वन जङ्गल विनाश भएर मरुभूमीकरण हुने हो कि भन्ने विश्व समुदायले चिन्ता जाहेर गर्ने गरेको स्मरण गर्दै पछिल्लो समय नेपालको कूल क्षेत्रफलमध्ये झण्डै ४५ प्रतिशत भू–भाग वन क्षेत्रले ओगटेको तथ्याङ्क उल्लेख गर्नुभयो ।

‘हामीले वन क्षेत्र र पर्यावरण संरक्षणमा धेरै राम्रो सफलता प्राप्त गरेका छौं’, मन्त्री बस्नेतले भन्नुभयो, ‘खर्भरै मात्र सार्वजनिक गरिएको बाघ गणनाको तथ्याङ्कले पनि त्यही देखाउँछ ।’

नेपाल पूर्वाधार विकासको चरणमा रहेको भन्दै मन्त्री बस्नेतले विकास र पर्यावरणबीच उचित सन्तुलन मिलाएर अघि बढ्ने नीतिमा सरकार र मन्त्रालय रहेको अवगत गराउनुभयो । यस्तै उहाँले नेपालमा वन जङ्गल क्षेत्र बढेकाले अब काष्ठ र गैरकाष्ठजन्य वस्तुसँगै कार्बन व्यापार गर्ने योजनामा सरकार रहेको बताउनुभयो ।

कोरियाले खाली जमीनमा जङ्गल क्षेत्र विस्तार गरेको चर्चा गर्दै राजदूत सिकले नेपालसहित विकासशील मुलुकमा सोही पद्धति अवलम्बन गर्न सकिने बताउनुभएको थियो । कोरिया सरकारको हरियाली प्रवद्धन कार्यक्रमअन्तर्गत नेपालमा सहयोग गर्न तयार रहेको राजदूत सिकको भनाइ थियो । 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया