रुसी विदेश मन्त्रालयले भन्यो– लाभरोभ अस्पताल भर्ना भएका समाचार गलत हुन्

 कात्तिक २८, २०७९ सोमबार १६:४०:७ | एजेन्सी
unn.prixa.net

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले रुसी विदेश मन्त्री सर्गेई लाभरोभ बालीको अस्पतालमा भर्ना भएको खबरको खण्डन गर्नुभएको छ । यसअघि विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जी–२० सम्मेलनमा भाग लिन इन्डोनेसियाको बाली पुगेका रुसी विदेश मन्त्रीलाई एक अस्पतालमा लगिएको बताएका थिए । तर रुसले यसको खण्डन गरेको हो । 

प्रवक्ता मारिया जाखारोभाले भन्नुभएको छ, ‘लाभरोभ र म इन्डोनेसियामा समाचार पढ्दैछौँ र समाचार पढ्दा अचम्मित भएका छौँ । समाचारहरू झुटको उच्चतमस्तरमा पुगेका छन् ।’ 

उहाँले सर्गेई लाभरोभले टेबलमा बसेर कुरा गरेको भिडियो पोस्ट गर्नुभएको छ । राष्ट्रपति पुटिन सहभागी नहुने घोषणा गरेपछि विदेशमन्त्री लाभरोभले जी–२० सम्मेलनमा रुसको प्रतिनिधित्व गर्दै हुनुहुन्छ ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया