पाँचथरको सुखबोध मावि मतदान केन्द्रमा विस्फोट

 मंसिर ४, २०७९ आइतबार १७:२०:१५ | उपेन्द्र येक्तेन
unn.prixa.net

जाेरसाल मतदान केन्द्र

पाँचथर– पाँचथरको फिदिम नगरपालिका ४ जोरसालको मतदान केन्द्र निजिकै विस्फोट भएको छ ।

फिदिम नगरपालिका ४ जोरसालस्थित सुखबोध विद्यालयमा रहेको मतदान केन्द्र आसपास आज बिहान एक पटक र दिउँसो २ पटक विस्फोट गराइएको थियाे । 

सदरमुकाम फिदिमबाट २ किलोमिटर टाढा रहेको मतदान केन्द्र सशस्त्र प्रहरीबलको ब्यारेकबाट केही मिटर मात्र टाढा छ ।

कस्ले विस्फोट गराएको भन्ने बारे खुल्न नसकेकाे प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया