जिल्ला प्रहरी कार्यालय दार्चुलाको नयाँ सुविधा सम्पन्न भवन बन्दै
चैत १०, २०७९ शुक्रबार
खोटाङ – खोटाङमा मतगणना सुरु भएकोछ । सोमबार राति नौ बजेदेखि गणना सुरु गर्ने भनिए पनि दुई घण्टा ढिला गरी गणना सुरु गरिएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका रुपमा प्रयोग गरिएको जिल्ला अदालतको एउटा कोठामा प्रतिनिधिसभा र अन्य दुई कोठामा प्रदेशसभा क र प्रदेशसभा ख को मतगणना सुरु गरिएको हो । एक पटकमा पाँच सय मत गणना गरेर परिणाम सार्वजनिक गर्ने व्यवस्था मिलाइएको सहायक निर्वाचन अधिकृत रामाकान्त यादवले बताउनुभयाे ।
एक लाख ४२ हजार ७९२ मतदाता रहेको जिल्लामा ६७ हजार ३७३ (४७.१७ प्रतिशत) मत खसेको छ । स्वतन्त्रसहित नौ दलका २६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभा सदस्यमा आठ, प्रदेशसभा क मा १० जना र प्रदेशसभा ख मा छ जना उम्मेदवार छन् ।
खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।