रामेछापमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङकाे अग्रता

 मंसिर ६, २०७९ मंगलबार १४:५७:४३ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – एउटामात्रै प्रतिनिधि सभा क्षेत्र रहेको रामेछापमा सत्ता गठबन्धनका तर्फबाटका नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङले अग्रता लिनुभएकाे छ । उहाँले १ हजार ७ सय २४ मत प्राप्त गर्दा नेकपा एमालेका कैलाशप्रसाद ढुंगेलले १ हजार १ सय ८१ मत प्राप्त गर्नुभएकाे छ । 

त्यस्तै प्रदेश सभातर्फ (क) मा गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवार तारानारायण श्रेष्ठले १ हजार १ सय ८३ मत प्राप्त गर्नुभएकाे छ । उहाँलाई नेकपा एमालेका उम्मेदवार शान्तिप्रसाद पौडेलले १ हजार ५० मतसहित पछ्याइरहनु भएकाे छ । यस्तै राप्रपाका हिक्मतबहादुर सुनुवारले ८ सय ६३ मत प्राप्त गर्नुभएकाे छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया