गुल्मी–१ मा एमाले उपमहासचिव ज्ञवालीलाई हराउँदै कांग्रेस नेता डा. भण्डारी विजयी

 मंसिर ९, २०७९ शुक्रबार १३:२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै -  गुल्मी क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारी विजयी हुनुभएको छ । उहाँले एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गर्नुभयो ।

मतपरिणाम अनुसार भण्डारीले ३२ हजार २ सय २७ मत ल्याउनुभयो । त्यस्तै ज्ञवालीले ३० हजार ९ सय ३५ मत प्राप्त गर्नुभएको छ । पूर्ण नतिजा आधिकारिक रुपमा घोषणा गर्न बाँकी रहे पनि नेता ज्ञवालीले सामाजिक सञ्जालमार्फत् भण्डारीलाई जितको शुभकामना व्यक्त गर्नुभएको छ । 

यसअघि २०७४ सालको चुनावमा भण्डारी ज्ञवालीसँग पराजित हुनुभएको थियो । त्यसअघि २०७० सालमा भण्डारी विजयी हुनुभएको थियो । समाजशास्त्र र व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका भण्डारी नेपाल विद्यार्थी सङ्घको पूर्व महामन्त्री हुनुहुन्छ । उहाँ २०६२ र ०६३ को आन्दोलनमा नेपाली कांग्रेसको राजनीतिक कार्यदिशा नभए पनि गणतन्त्रका पक्षमा खुलेर लाग्नुभएको थियो ।

२०६४ सालको संविधानसभा चुनावमा यही क्षेत्रबाट उम्मेदवार भएका भण्डारी नेकपा एमालेका प्रदीप ज्ञवालीसँग पराजित हुनुभएको थियो । तर २०७० सालको चुनावमा भने प्रदीप ज्ञवालीलाई नै हराएर उहाँले चुनाव जित्नुभएको हो । २०७४ सालको संसदीय चुनावमा भने उहाँ ज्ञवालीसँग पराजित हुनुभयो । २०५६ सालको संसदीय चुनाव जितेका ज्ञवाली २०६४ सालको संविधानसभा चुनावमा पनि विजयी हुनुभएको थियो ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया