नयाँ सरकारलाई शेयर बजारको हरियो झण्डा, ५६ अङ्कले बढेर १९ सय विन्दुभन्दा माथि

 पुष ११, २०७९ सोमबार १५:१८:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नयाँ सरकार गठन भएसँगै शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज साेमवार ५६ दशमलव ८८ अङ्कले बढेर एक हजार नौ सय २४ दशमलव शून्य नौ विन्दुमा पुगेको छ । 

अन्यबाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, जलविद्युत्, माइक्रोफाइनान्स, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ । आज दुई सय ५० वटा कम्पनीकाे ५६ लाख ५३ हजार कित्ता शेयर दुई अर्ब नौ करोड ७० लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको २० करोड ८८ लाख रुपैयाँको शेयर किनबेच भयो । 

आज गुराँस फाइनान्स, रिलायन्स फाइनान्स, धौलागिरि लघुवित्त, सृजनशील लघुवित्त र खप्तड लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । यस्तै हिमालयन पावर पार्टनर, घलेम्दी हाइड्रो, शिवश्री हाइड्रो, विन्ध्यवासिनी हाइड्रो, अरुण भ्याली हाइड्रो, युनियन हाइड्रो, हिमालयन एभरेस्ट इन्सुरेन्स र समृद्धि फाइनान्स कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरेले बढेको छ । समग्रमा बजार हरियाली भए पनि नेपाल टेलिकमको शेयर साढे पाँच प्रतिशत र सीवाईसी नेपाल लघुवित्तको शेयर साढे चार प्रतिशतले घटेको छ ।

अर्थमन्त्रीमा नेकपा एमालेबाट विष्णु पाैडेल नियुक्त हुने चर्चासँगै शेयर बजार आज उच्च अङ्कले बढेकाे हाे । यसअघि पनि पौडेल अर्थमन्त्री हुँदा बजारले उच्च अङ्कको कीर्तिमान बनाएकाे थियाे । त्यही कारण लगानीकर्ता उत्साहित भएका देखिएकाे हाे । 

अन्तिम अपडेट: असार ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया