इरानले पूर्व सहायक रक्षामन्त्री अकबरीलाई मृत्युदण्ड दिएपछि विश्व समुदायबाट आलोचना

 माघ १, २०७९ आइतबार ९:१०:२२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इरानले पूर्व सहायक रक्षा मन्त्री अलिरेजा अकबरीलाई मृत्युदण्ड दिएपछि विश्व समुदायले आलोचना गरेका छन् । अकबरीको मृत्युदण्ड लगत्तै बेलायत, फ्रान्स, अमेरिकासहित विश्व समुदायले विरोध गरेका हुन् । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले मृत्युदण्डको घटनाले आफू स्तब्ध भएको बताउनुभएको बीबीसीले जनाएको छ ।

सुनकले ट्विटरमा लेख्नुभएको छ, 'यो एक निर्दयी र कायरतापूर्ण काम हो । बर्बर शासनले आफ्नै नागरिकको मानव अधिकारको सम्मान गर्न सक्दैन ।’ बेलायतका लागि जासुसी गरेको आरोपमा बेलायतीमूलका इरानी नागरिक अकबरीलाई इरानले मृत्युदण्ड दिएको हिजो खबर सार्वजनिक भएको थियो ।  मृत्युदण्ड कहिले र कहाँ दिइयो भन्नेबारे खुलाइएको छैन ।

फ्रान्सले पनि एक विज्ञप्ति निकालेर घटनाको निन्दा गरेको छ । अमेरिकाले इरानलाई अकबरीलाई मृत्युदण्ड नदिन आग्रह गरेको थियो । अमेरिकी कुटनीतिज्ञ वेदान्त पटेलले अकबरीलाई हिरासतमा रहँदा नशालु पदार्थ सेवन गराइएको, यातना दिइएको, हजारौँ घण्टा सोधपुछ गरिएको र झुटो स्वीकारोक्ति गर्न बाध्य पारिएको समाचारबाट वासिङ्टन निकै चिन्तित भएको बताउनुभएको छ । एम्नेस्टी इन्टरनेशनलले पनि मृत्युदण्डलाई घृणित भनेको छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया