'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
कैलाली - सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टको सिफारिशमा नेपालको संविधानको धारा १६८ बमोजिम आज मन्त्रिपरिषद् विस्तार गरिएको छ ।
विस्तारित मन्त्रिपरिषद्मा कञ्चनपुर निर्वाचन क्षेत्र ३ बाट प्रदेशसभामा निर्वाचित सदस्य प्रकाश रावल उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ । रावल तत्कालीन नेकपा एमालेका नेता हुनुहुन्थ्यो ।
नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री रावलले मुख्यमन्त्री भट्टसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नौ महीनाअघि मुख्यमन्त्री भट्टको अध्यक्षतामा गठन भएको मन्त्रिपरिषद् विस्तार भएसँगै सुदूरपश्चिम प्रदेश सरकारमा एक राज्यमन्त्रीसहित मन्त्रीको सङ्ख्या आठ पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।