कर्णाली प्रदेशमा मुख्यमन्त्री हटलाइन सेवा सुरु

 जेठ २४, २०७५ बिहीबार १५:३५:२३ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेशमा नागरिकको समस्या, गुनासा सुन्नको लागि हेल्लो मुख्यमन्त्री हटलाइन सेवा सुरु गरिएको छ ।

अब नागरिकहरुले आफ्ना समस्या केही गुनासा भए पैसा नलाग्ने नम्बर १०९६ मा फोन गरेर भन्न सक्नेछन् । कर्णाली प्रदेशको समृद्धि,  विकास र सुशासनका लागि नागरिकको पनि सहभागिता गराउन कर्णाली प्रदेशले प्रदेशभित्रका समस्या, गुनासा फोन गरेर उजूरी गर्न तथा जानकारी दिन हटलाइन सेवा सुरु गरेको हो ।

नागरिकको सान–साना बस्तुगत समस्या बुझेर योजना बनाउन सहयोग पुग्ने भएकाले हटलाइन सेवा सञ्चालन गरिएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताउनुभयो ।

‘यसले नागरिक र सरकारबीच नजिक पनि गराउँछ र नागरिकको तल्लो तहका सान–साना बस्तुगत समस्या के कस्ता छन् ? के आवश्यक छ, भनेर बुझ्न सहयोग गर्छ र यसले हामीलाई कर्णाली प्रदेशको योजना बनाउन पनि सहयोग पुग्छ’, मुख्यमन्त्री शाहीले भन्नुभयो, ‘यस हटलाइन सेवा मार्फत कसरी सुशासन कायम गर्न सकिन्छ र नागरिकलाई न्याय दिन सकिन्छ भनेर हामीलाई पनि सजक गराउँछ ।’

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको धेरै ठाउँहरुमा अझै टेलिफोन सेवा र इन्टरनेटको सेवा नपुगेकोले सरकारले छिट्टै टेलिफोन र इन्टरनेटको सेवा पु¥याउने बताउनुभयो । उहाँले चार–पाँच महिना भित्रै गाउँगाउँमा इन्टरनेट सेवा  पुर्‍याउने बताउनुभयो । 

बिहीबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटलाइन सेवाको सुरुवात गर्नुभएको हो । मुख्य मन्त्री शाहीलाई हटलाइनबाट कालिकोटको नरहरीनाथ गाउँपालिका–९, मा कुटपिटबाट दलित महिला सदस्य मना सार्कीको हत्या भएको भन्दै कारबाही गर्न मनाका छोरा प्रेम सार्कीले फोनमार्फत अनुरोध गर्नुभयो । फोनमा मुख्यमन्त्री शाहीले घटनाको छानबिन गरी आवश्यक कारबाही गरिने आश्वासन दिनुभयो ।  

त्यतिबेलै हटलाइनमा अर्को फोन आयो । त्यो फोन रुकुम पश्चिम मुसिकोट नगरपालिकाका दीपक बाँठा मगरले गर्नुभएको थियो । उहाँले त्रिभुवन जनता मावि र साना शहरी खानेपानी आयोजनाको कार्यमा लापरबाही गरेको र बर्षादेखि निर्माण कार्य अलपत्र पर्दा नागरिकले खानेपानी समस्याको बारेमा गुनासो गर्नुभयो ।

मुख्यमन्त्री शाहीले फोनमा समस्याको समाधान हुने आश्वासन दिनुभयो । उहाँले हटलाइनबाट आएका समस्या र गुनासो टिपोट गर्दै सम्बन्धित निकायमा निर्देशन दिने आश्वासन दिनुभयो ।  

प्रदेशका मन्त्रालय र कार्यालय वेबसाइट सञ्चालन

यस्तै, प्रदेश सरकारले आफ्नो मातहतमा रहेका मन्त्रालय तथा कार्यालयहरुको वेबसाइट पनि बिहीबारदेखि सञ्चालनमा ल्याएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशका मन्त्रालय तथा कार्यालयहरुको वेबसाइटहरुको पनि उद्घाटन गर्नुभयो ।

प्रदेशले गरेका गतिविधिहरुका बारेमा नागरिक समक्ष सूचना प्रवाह गर्न कर्णाली प्रदेश सरकारले karnali.gov.np वेबसाइट सञ्चालनमा ल्याएको छ । वेबाइटमा कर्णालीको बारेमा पनि भूगोल, धार्मिक तथा पर्यटकीय स्थलहरु पनि राखिएका छन् ।  सरकारले फेसबुक र ट्वीटर ह्याडलको पनि प्रयोग गरेको छ । 

वेबसाइटमा मन्त्रालय तथा कार्यालयहरुको बेवसाइटहरुको लिंक राखिएको छ । वेबसाइटकै पोर्टलको माध्यमबाट मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश सचिवालय, प्रदेश प्रमुख कार्यालय, समाजिक विकास मन्त्रालय, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय, प्रादेशिक लेखा नियन्त्रण कार्यालयको बेवसाइट हेर्न सकिनेछ । 

यस्तै वेबसाइटमा कर्णाली प्रदेश अन्र्तगत रहेका स्थानीय तहहरुको वेबसाइडको लिंक र स्थानीय तहहरुको विवरण तथा जीआइएस नक्सा राखिएको छ । बेवसाइटमै नागरिकको गुनासा र समस्या लिने व्यवस्था पनि गरिएको छ । 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया