बाजुरामा केन्द्रविन्दु भएर ५ दशमलव २ म्याग्निच्युडकाे भूकम्प

 फागुन १०, २०७९ बुधबार १४:५७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बाजुरामा केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बुधवार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या आसपास केन्द्रबिन्दु भएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

सुदूरपश्चिमका पहाडी जिल्ला बाजुरा, बझाङ, अछामलगायतका जिल्लामासमेत भूकम्पको धक्का महसुस भएकाे छ । भूकम्पको धक्कापछि स्थानीयवासी त्रसित बनेका छन् । भूकम्पबाट क्षति भएको जानकारी अहिलेसम्म प्राप्त भएको छैन ।

बाजुरा केन्द्रविन्दु भएर यसअघि माघ १० गते ५ दशमलव ९ म्याग्निच्युड र माघ १२ गते ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो । माघ १० गतेको भूकम्पका कारण एक जनाको ज्यानसमेत गएको थियो ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया