झण्डै ३ करोड फेसबुक प्रयोगकर्ताको डाटा चोरी

 असोज २७, २०७५ शनिबार ७:१:२७ | एजेन्सी
unn.prixa.net

सामाजिक सञ्जाल फेसबुकले शुक्रबार आफ्ना प्रयोगकर्तालाई आश्चर्यमा पार्नेगरी ठूलो खुलासा गरेको छ । अहिलेसम्म आफूलाई प्राप्त जानकारीका अनुसार २ करोड ९० लाख फेसबुक प्रयोगकर्ताको डाटा चोरी भएको फेसबुकले जनाएको छ । 

फेसबुकका अनुसार गएको महिनामा ह्याकरहरुले फेसबुक प्रयोगकर्ताको डाटा चोरेका हुन् । साइबर आक्रमणका कारण विश्वभरबाट झण्डै ५ करोड प्रयोगकर्ताका एकाउण्ट प्रभावित भएको पनि फेसबुकले जनाएको छ ।

कम्पनीले एउटा सूचना सार्वजनिक गर्दै ह्याकरहरुले फेसबुकको प्रविधिमा भएको त्रुटिको फाइदा उठाएको जनाएको छ ।

फेसबुकमा रहेको ‘भ्यू एज’ फिचरको फाइदा उठाउँदै ह्याकरहरुले फेसबुक प्रयोगकर्ताको खाता ह्याक गर्ने प्रयास गरेका छन् । 

यो फिचरमा फेसबुक प्रयोगकर्ताले अरु मान्छेले आफ्नो प्रोफाइललगायतका चिजहरु कसरी हेरिरहेका छन् भन्ने जानकारी प्राप्त गर्नेछन् । 
कम्पनीका सुरक्षा प्रमुख गाई रोजेनका अनुसार प्रविधिमा देखिएको त्रुटिलाई सुधार गरिएको छ ।

रोजेन भन्छन्, हामीले भर्खरै अनुसन्धान सुरु गरेका छौँ । हामीले फेसबुक एकाउन्टको गलत प्रयोग भयो भएन वा जानकारी चोरी भयो भएन भन्ने बारेमा पत्ता लगाउन जरुरी छ । अहिले यो साइबर आक्रमणपछि कसको हात छ र कहाँबाट परिचालित छन् भन्ने बारेमा केही थाहा भएको छैन ।’

रोजेन भन्छन्, ‘मानिसको गोपनीयता र सुरक्षा महत्वपूर्ण हुन्छ, जे भयो त्यसका लागि हामी माफी चाहन्छौँ ।’

फेसबुकको ‘भ्यू एज’ एउटा प्राइभेसी फिचर हो जसको माध्यमबाट फेसबुक युजर अन्य व्यक्तिको प्रोफाइल हेर्न सक्छन् । यसबाट उनीहरुले साथी, साथीको साथी तथा सार्वजनिक जानकारी हासिल गर्न सक्नेछन् ।

फेसबुकका सीईओ मार्क जुकरबर्गले पनि यो समस्याको समाधान भैसकेको बताएका छन् । 
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया