२ हप्ताअघिदेखि सम्पर्कविहीन चिनियाँ अर्बपति फ्यान सरकारी अधिकारीहरूसँग रहेकाे खुलासा

 फागुन १५, २०७९ सोमबार १५:७:३२ | एजेन्सी
unn.prixa.net

दुई हप्ता अघिदेखि सम्पर्कविहीन रहेका चिनियाँ अर्बपति बाओ फ्यान सरकारी अधिकारीहरूसँग रहेको खुलेको छ । फ्यानले चिनियाँ अधिकारीहरूलाई एक अनुसन्धान गर्न सहयोग गरिरहेको उहाँको बैंकले जनाएको छ ।

चाइना रेनेसान्स होल्डिङ्स बैंकका सीईओ बाओ फ्यान सम्पर्कमा नरहेको भन्दै ११ दिनअघि बैंकले विज्ञप्ति निकालेको थियो । अर्बपति बाओले जनवादी गणतन्त्र चीनका केही अधिकारीहरूले गरिरहेको अनुसन्धानमा सहयोग गरिरहेको उहाँको बैंकले जनाएको बीबीसीले जनाएको छ ।

चाइना रेनेसान्स होल्डिङ्सको सीईओ एवम् संस्थापकसँगै अरबपति बाओ चीनका एक अग्रणी डिल ब्रोकर हुनुहुन्छ । जसका ग्राहकहरूमा शीर्ष टेक्नोलोजी कम्पनीहरू रहेका छन् । बाओ बेपत्ता भएपछि फर्मको शेयर घटेकामा आज भने बढेको बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया