आरन व्यवसाय सञ्चालन गर्न निःशुल्क तालिम

 चैत २२, २०७९ बुधबार १३:३१:५० | उज्यालो सहकर्मी
unn.prixa.net

डाेटी – डोटीको जिल्ला सदरमुकाम सिलगढीमा सात दिने निःशुल्क आरन व्यवसाय तालिम सुरु भएको छ ।

सात दिनसम्म चल्ने तालिममा डोटीका नौ वटा पालिकाका दुई/दुई जना आरन व्यवसायी र सामाजिक विकास कार्यालय तर्फबाट तीन जना गरी २१ जनाको सहभागिता रहेको छ । आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यक्रमअनुसार तालिम दिइएको हो । स्थानीय व्यवसायीलाई प्रवर्धन गरी उद्यमशील जनशक्ति तयार गर्ने उद्देश्यले तालिम दिइएको सामाजिक विकास कार्यालय डोटीका प्रमुख जयदेव महराले बताउनुभयो । 

आरन व्यवसाय तालिमले गरिबी घटाउन सहयोग पुग्नुका साथै स्थानीय कृषि औजार प्रवर्धनमा सहयोग पुग्ने प्रमुख महराको भनाइ छ । तालिमपछि आरन व्यवसायीलाई थप व्यवसाय गर्न सामाजिक विकास कार्यालयले प्रत्येक व्यक्तिलाई २० हजार रुपैयाँ सहयोग गर्नेसमेत प्रमुख महराले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: असार १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया