हङकङ र लाओससँगको फुटबलका लागि नेपालको प्रारम्भिक टोली घोषणा
बैशाख १५, २०८२ सोमबार
झापा - प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदाे बजेटमा ज्येष्ठ नागरिकको भत्ता बढाइने बताउनुभएको छ ।
आफ्नो सरकार गठन हुँदा मुलुकको ढुकुटी रित्तो अवस्थामा रहेका कारण याे वर्ष ज्येष्ठ नागरिक भत्ता बढाउन नसकेको उहाँले बताउनुभयो ।
दशैँका अवसरमा नेकपा झापा जिल्ला कमिटीद्वारा बिहीबार बिर्तामोडमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रम ओलीले भन्नुभयो, ‘भनेजस्तो भएन भनेर ज्येष्ठ नागरिकलाई नरमाइलो लागिरहेको होला, आउँदो बजेटमा हामी भत्ता बढाइहाल्छौँ ।’
देशलाई सुशासन र समृद्धिको बाटोमा अघि बढाउने आफ्नो मुख्य सङ्कल्प भएको उल्लेख गर्दै उहाँले जनताको अपेक्षा र विश्वासलाई तलमाथि पर्न नदिने बताउँदै प्रम ओलीले भन्नुभयो, ‘मैले कर्तव्य बुझेको छु, नाकमा कालो लाग्न दिन्नँ ।’
कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडा, प्रदेश नं। १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीलगायतको उपस्थिति थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
dev ram sapkota
Oct. 20, 2018, 8:30 a.m.भ्रष्टाचारीलाई कारवाही गरि तिमीहरू जस्ता दलाल नेताको अकुत सम्पत्ति राष्ट्रियकरण गरन ..कति हामीलाई राख्छौ यो खाडीमा / हे भगवान अब हाम्रा नातीहरु त आफ्नै देशमा रमाउन सकुन / नेपाल विकाशको दिशामा लाग, मर्ने बेलामा केही त गर ! स्वर्गजस्तो देशमा जन्मेर नरकमा पुरा जीवन भेट्टाउन विवस हामी नेपाली अब पनि केही गरेनौ भने तिमिहरुको सत्यानास गर्न आउने हो /होस गरेर काम गर , चेतना भया /
Saroj
Oct. 18, 2018, 8:22 p.m.भएकाे रकम जनप्रतिनिधि लाइ तलबमा सकियाे अनि कता हुन्छ त पैसाे?