धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
गुल्मी – नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले देश भ्रष्टाचारले जर्जर बन्दै गएको भन्दै सरकार भ्रष्टाचारविरुद्ध निर्मम ढंगबाट प्रस्तत हुने बताउनु भएको छ ।
भ्रष्टाचारीहरुलाई कुनै पनि दल र संगठनको नभनी तिनीहरुलाई आपराधिक हिसाबले लिइने मन्त्री ज्ञवालीले स्पष्ट पार्नु भयो ।
मुसिकोट नगरपालिकाको संमृद्धिका सम्भावना र चुनौती विषयक बौद्धिक सम्मेलनको आइतबार वामी टक्सारमा उद्घाटन गर्दै मन्त्री ज्ञवलीले उक्त कुरा बताउनु भएको हो ।
सरकार भ्रष्टाचार, ढीलासुस्ती र सुशासन गरि तीन वटा काममा कठोरताका साथ प्रस्तुत हुने उहाँले बताउनु भयो ।
‘कृषि पर्यटन, पूर्वाधार र रोजगार, मुसिकोट संमृद्धको आधार’ भन्ने नारासहित आउँदाे दश वर्षे गुरु योजना निर्माणका लागि दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा मुसिकोट नगपालिकाका प्रमुख सोमनाथ सापकोटाले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै मुसिकोट नगरपालिकाको विविध विषयवस्तुहरुको बारेमा अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।
Jhal b thapa
Oct. 23, 2018, 8:45 a.m.मन्त्री ज्यु भ्रस्टाचार निर्मुल कहिले देखि ? सुरुवात को बाट ? कसरी ? तपाईहरुको घरपरिवार नातागोता अनि तपाईं मन्त्रीहरू नै भ्रष्टाचारी हुनुहुन्छ र तपाईहरुकै परिवारको मुखमा माड लाग्दैन । सरकारी तलबभत्ताले बिदेशमा छोराछोरी कसरी पढाउने तपाईहरुको औसधि उपचार कसरी गराउने ? तपाईहरु जस्ता मन्त्रीहरूबाट भ्रस्टाचार अन्त्य असम्भव ! असम्भव !! असम्भव !!!