'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
कपिलवस्तु – दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हुँदा कपिलवस्तु प्रशासनले लगाएको कर्फ्यु बिहानदेखि साेमबार दिनको १२ बजेसम्मका लागि हटाएको छ । कर्फ्यु हटेसगैँ जिल्लाको जनजीवन सामान्य हुँदै गएको छ ।
शुक्रबारदेखि कृष्णनगर तनावग्रस्त बनेको थियो । विवाद तीन दिनसम्म पनि साम्य नभएपछि स्थिति नियन्त्रणमा लिन आइतबार साँझ ५ बजेबाट अनिश्चितकालीन कर्फ्यु लगाइएको थियो । तीन दिनदेखि रोकिएको मूर्ति विर्सजन कार्य कडा सुरक्षाका साथ मूर्ति विर्सजन गरिएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो ।
विगतका दिनमा पनि यस्ता प्रकारका घटना दोहोरिहेकाले चाडपर्वमा प्रहरी प्रशासन संयमित हुनुपर्ने अधिकारकर्मी रामदयाल ठाकुर बताउनुहुन्छ । शुक्रबार नै प्रहरीले विगतका घटनालाई अध्ययन गरी अवस्था आँकलन गरेर कडा सुरक्षामा मूर्ति विर्सजन गर्ने वातावरण सिर्जना गरेको भए यस्तो अवस्था सिर्जना नहुने उहाँको भनाइ छ । घटनाको अधिकारकर्मीले अनुगमन गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।