सिम्रिक एअरकाे हेलिकप्टर दुर्घटना : १ जनाकाे ज्यान गयाे

 बैशाख २२, २०८० शुक्रबार १६:२८:५९ | रासस
unn.prixa.net

सङ्खुवासभा – सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ मा सिम्रिक एअरको हेलिकोप्टर दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ । दुर्घटनामा स्थानीय भविन गुरुङको ज्यान गएकाे सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र गोदारले जानकारी दिनुभयो । 

हेलिकप्टरमा रहेका चार जना गम्भीर घाइते भएका उहाँले बताउनुभयो । आज शुक्रवार दिउँसो १ बजेर १० मिनेटमा भोटखोला–४ हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको प्रहरीको भनाइ छ । 

मृतक गुरुङ हेलिकोप्टरमा सहयोगीका रूपमा काम गर्दै आउनुभएको थियो । दुर्घटनामा पाइलट सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शङ्कर गम्भीर घाइते हुनुभएको छ । उहाँहरूलाई उपचारका लागि काठमाण्डाै पठाइएको छ ।

तस्बिर : वाङ भाेटे

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया