१९ अङ्कले घटेर शेयरबजार राताम्मे, ६० करोड ८१ लाख रुपैयाँको कारोबार

 वैशाख २४, २०८० आइतबार १५:१७:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै - हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेर राताम्मे भएको छ ।

शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव १२ अङ्कले घटेर एक हजार आठ सय ५० दशमलव ६१ बिन्दुमा झरेको छ । आज सबै समूहको शेयर ओरालो लागेकोमा फाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले घटेको छ ।

बजारसँगै कारोबार रकममा पनि निकै कमी आएको छ । २ सय ६३ वटा कम्पनीका २० लाख १५ हजार कित्ता शेयर ६० करोड ८१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको ३ करोड २२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको शेयर झण्डै साढे ८ प्रतिशत तथा घलेम्दी हाइड्रो, मन्दाकिनी हाइड्रो र श्वेत गंगा हाइड्रोको शेयर साढे पाँच प्रतिशतले घटेको छ।

समग्रमा बजार राताम्मे भए पनि आज सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्तको शेयर ८ प्रतिशत र इर्स्टन हाइड्रोपावर कम्पनीको शेयर साढे सात प्रतिशतले बढेको छ। 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया