बजेटका सिद्धान्त र प्राथमिकता कर्मकाण्डी : अध्यक्ष ओली

 बैशाख २४, २०८० आइतबार २०:१६:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले ल्याएको आउँदाे वर्षको बजेटका सिद्धान्त र प्राथमिकता कर्मकाण्डी मात्रै भएको बताउनुभएको छ। 

बैंक तथा वित्तीय संस्था परिसङ्घले आयोजना गरेको शिखर सम्मेलन समारोहमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले गठबन्धन सरकारको तर्फबाट अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रस्तुत गर्नुभएको आउँदाे वर्षको बजेटकाे सिद्धान्त र प्राथमिकता कर्मकाण्डी मात्रै भएको आरोप लगाउनु भयो ।

उहाँले चालु आर्थिक वर्षमा ८ प्रतिशतको वृद्धिदर घोषणा गरे पनि २ प्रतिशत पनि नहुने अवस्था आउनुको जवाफ नागरिकलाई दिनुपर्ने बताउनु भयो । उहाँले गठबन्धन सरकारले चालु आर्थिक वर्षमा २ प्रतिशतमा झर्नुको जवाफ नागरिकलाई नदिएर गठबन्धन सरकार नागरिकप्रति जवाफदेही नबनेको आरोप लगाउनु भयो ।

उहाँले आफैँले लिएको लक्ष्य पूरा गर्न नसक्ने सरकारको आयव्ययको अनुमान विश्वासयोग्य नरहेको समेत बताउनु भयो । 

 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया