नेपाली यू–१९ का पूर्व कप्तान मास्केको गोल ‘उत्कृष्ट गोल अवार्ड’का लागि मनोनयनमा
 

 कात्तिक ६, २०७५ मंगलबार १३:१:३३ | रासस
unn.prixa.net

काठमाडौं – नेपाली यू–१९ फुटबल टोलीका पूर्व कप्तान सुलभ मास्केको गोल अष्ट्रेलियामा वर्षको ‘उत्कृष्ट गोल अवार्ड’का लागि मनोनयनमा परेको छ ।

अष्ट्रेलिया फुटबल महासङ्घले मनोनित गरेको सन् २०१८ को उत्कृष्ट १० गोलमा सुलभको गोल परेको हो । अष्ट्रेलियाको नर्थन टेरिटोरी स्टेट लिग क्लब हेलेनिक एट्लेटिकबाट व्यवसायीक फुटबल खेल खेल्दै आएका सुलभले वेष्टर्न सिड्नी क्लबविरुद्ध गरेको गोल वर्ष गोल अवार्डका लागि मनोनित भएको अष्ट्रेलिया फुटबल महासङ्घले जनाएको छ । 

मनोनयनमा परेका १० गोलमध्ये समर्थकको भोटको आधारमा विजेता घोषित गरिनेछ । वर्ष गोल अवार्डका लागि यही कात्तिक ७ गतेसम्म भोट गर्न सकिनेछ ।
सर्वाधिक मत पाउने गोलले वर्ष गोल अवार्डको उपाधि जित्नेछ ।

भाेट गर्नका लागि यहाँ क्लिक गर्नुहाेस

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया