इलामको देउमाईमा जीप दुर्घटना: एकको मृत्यु, ११ घाइते

 कात्तिक ६, २०७५ मंगलबार २०:७:४३ | सुजता सुनुवार
unn.prixa.net

इलाम – इलामको देउमाईमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । 

झापाबाट पाँचथरको फिदिम जाँदै गरेको मे १ ज २६५७ नम्बरको जीप इलामको देउमाई नगरपालिका १ को देउमाईमा दुर्घटना भएको थियो । 

मंगलबार भएको दुर्घटनामा पाँचथर,राँके बजारका ३५ वर्षीय चन्द्र बहादुर दमाईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । जीपमा रहेका अन्य ४ बालबालिकासहित ११ जना सामान्य घाइते भएका छन् ।

घाइते हुनेहरूमा झापा सतासीधाम नगरपालिका १ का १३ वर्षका आवाज धिमाल र आयुष धिमाल, १४ वर्षका अपिसय धिमाल र झापा भद्रपुर नगरपालिका–६ का १८ वर्षका निर्मला आचार्य रहेका छन् ।  

यस्तै झापा सतासीधाम नगरपालिका १ का ५३ वर्षका लक्ष्मीप्रसाद चेम्जोङ, विर्तामोड नगरपालिका–६ की ३६ वर्षकी रिया राजवंशी, विर्तामोड–४ की ४१ वर्षकी आशा राजवंशी, अर्जुनधारा नगरपालिका–११ का २४ वर्षका युवराज पुरी, पाँचथर राँकेबजारका ३३ वर्षका मनकुमार नेपाली र परिचय नखुलेका एक जना पुरुष घाइते भएका प्रहरीले जनाएको छ । 

घाइतेहरुको इलाम जिल्ला अस्पताल इलाममा उपचार भइरहेको बताइएको छ । 

इलाम घर भएका चालक बिपिन भुजेलले मोबाइलमा कुरा गर्दै सवारी चलाएकोले जीप दुर्घटनामा परेको घाइतेहरूले बताएका छन् । 

चालक भुजेलले भने दुर्घटना हुन लाग्दा आफूलाई केही थाहा नभएको बताएका छन् । सवारी चालकलाई स्थानीय रक्सेको प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । 
 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया