एएफसी यू–१९ महिला च्याम्पियनसिपमा नेपाल थाइल्याण्डसँग प्रतिष्पर्धा गर्दै

 कात्तिक ७, २०७५ बुधबार १३:२:५४ | रासस
unn.prixa.net

काठमाडौं – एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटमा नेपालले बुधबार बलियो प्रतिद्वन्द्वी थाइल्याण्डसँग प्रतिष्पर्धा गर्दैछ ।

थाइल्याण्ड र नेपालबीचको खेल बुधबार दिउँसो थाइल्याण्डस्थित चोनबुरी मैदानमा हुने अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले जनाएको छ । नेपाली टोलीका प्रशिक्षक हरिओम श्रेष्ठले ‘प्रिम्याच कन्फ्रेन्स’मा पहिलो खेलमा नै नेपाली टोलीलाई चुनौती रहेको बताउँदै आफूहरु त्यहीअनुसारको रणनीतिका साथ मैदानमा उत्रने बताउनुभयो ।

यसअघिका खेलमा पनि नेपालले थाइल्याण्डविरुद्ध राम्रो नतिजा निकाल्न सकेको छैन । प्रतियोगिता अगाडि थाइल्याण्डले उत्तर कोरिया, मेक्सिको र चीनसँग मैत्रीपूर्ण खेल खेलिसकेको छ ।

छनोटको समूह ‘बी’मा रहेको नेपालले दोस्रो खेल शुक्रबार भारतसँग र समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग कात्तिक ११ गते आइतबार खेल्नेछ । समूह ‘बी’मा नेपालसहित थाइल्याण्ड, भारत र पाकिस्तान रहेका छन् । छनोटको समूह विजेता र उपविजेता टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् ।

आगामी चैतमा हुने दोस्रो चरणको छनोट खेलबाट चार टोलीले एएफसी यू–१९ महिला च्याम्पियनसिपमा छनोट हुनेछन् । एएफसी यू–१९ महिला च्याम्पियनसिप अर्को वर्ष थाइल्याण्डमै आयोजना हुनेछ । च्याम्पियनसिपका लागि चीन, जापान र उत्तर कोरिया यसअघि नै छनोट भइसकेका छन् ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया