धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
गुल्मी – गुल्मीमा बुधवार भएको जीप दुर्घटनामा परि एक जनाको ज्यान गएको छ भने अन्य १६ जना घाइते भएका छन् ।
ज्यान जानेमा इस्मा गाउँपालिका–२, पालुखाका १५ वर्षीय विमल केसी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
बुधवार बेलुकीपख सदरमुकाम तम्घासबाट इस्मा गाउँपालिकाको हस्तिचौरतर्फ जाँदै गरेको लु १ च ७३७० नम्बरको जीप इस्मा गाउँपालिका–२ को पालुखामा दुर्घटना भएको हो ।
दुर्घटनामा परि गम्भीर घाइते भएका जीप चालक प्रेम जिसीसहित २ जनालाई थप उपचारका लागि लुम्बिनि मेडिकल कलेज पाल्पामा पठाइएको छ ।
अन्य घाइतेहरुको अहिले जिल्ला अस्पताल तम्घासमा उपचार भैरहेको छ । दुर्घटनामा घाइते भएका केसीको उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याउने क्रममा बाटोमै ज्यान गएको प्रहरीले बताएको छ ।
दुर्घटनाका घाइतेमध्ये अधिकाश कोजाग्रत पुर्णिमामा रेसुंगा नगरपालिका ४ अन्र्तगत जोगिथुम मन्दिरमा सरायँ नाँच हेरेर घर फर्कने बच्चादेखि वृद्धवृद्धाहरुसम्म रहेका छन् ।
उकालो सडक र क्षमताभन्दा वढी यात्रुहरु भएका कारण दुर्घटना भएको बताइएको छ । जीप सडकवाट ६० मिटर तल खेतमा खसेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।