चट्याङसहित वर्षा हुने, नाग देवता अाउने भनी सर्वसाधारणमा भ्रम फैलाउने ‘बाबा’ पक्राउ

 कात्तिक ७, २०७५ बुधबार २०:२५:४३ | सुजता सुनुवार
unn.prixa.net

इलाम – आफूमा दैवी शक्ति आएको भन्दै सर्वसाधारणमा भ्रम फैलाउन खोज्ने एक व्यक्तिलाई इलाममा प्रहरीले नियन्त्रणमा लिएको छ । 

जिल्लाको इलाम नगरपालिका वडा नम्बर–४, घलेटारका झम्क बहादुर घिमिरेलाई बुधबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । 
घिमिरेले बुधबार दिउँसो आफूमा पाथिभरा देवीको शक्ति रहेको भन्दै  दिउँसो १२ बजे चट्याङसहित वर्षा हुने, नाग देवताको आगमन हुने भनेर सम्पूर्ण सर्वसाधरणलाई हेर्न आउन आग्रह गरेका थिए । 

उनको यो आग्रह सुनेर त्यस जङ्गलमा हजाराैं सर्वसाधारणको उपस्थिति रहेको थियो । दिउँसो १२ बजे उनले भने अनुसारको कुनै कृयाकलाप नभएपछि उपस्थित भएका सर्वसाधारणले उनको विरोध गरेका थिए ।

स्थानीयले ‘खोइ नाग’ भन्दै प्रश्न गरेपछि होहल्लाका कारण नाग निस्कन नसकेको भन्दै उनले जवाफ दिएका थिए । 

भीड उत्तेजित भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक टंक भट्टराईले बताउनु भएको छ । 

घिमिरे इलाम नगरपालिका वडा नम्बर–४, घलेटार नजिकै रहेको जङलमा गएको कार्तिक  १ गतेबाट त्रिशुल राखेर तपस्या गरी बसेका थिए । 
सामान्य सोधपूछपछि  उनलाई छोडिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । 

पछिल्लो समय झापामा बस्दै आएका घिमिरे विगतमा अपराधिक कृयाकलापमा संलग्न भएको आरोपमा पक्राउसमेत परेको बताइएको छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया