काभा महिला भलिबल : उज्बेकिस्तानलाई हराउँदै नेपाल तेस्राे

 जेठ १४, २०८० आइतबार १३:४३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल तेस्राे भएकाे छ । आज आइतवार त्रिपुरेश्वरमा रहेकाे राष्ट्रिय खेलकुद परिषद् (राखेप) काे कभर्ड हलमा तेस्राे स्थानका लागि भएकाे खेलमा नेपालले उज्बेकिस्तानलाई ३–१ काे सेटमा हरायाे ।

पहिलाे सेट गुमाएकाे नेपालले त्यसपछिकाे तीन सेट जितेकाे हाे । पहिलाे सेट २०–२५ ले गुमाएकाे नेपालले दाेस्राे सेट २५–१६, तेस्राे सेट २५–१५ र चाैथाे सेट २५–१३ ले जित्याे । याे हारसँगै उज्बेकिस्तान प्रतियाेगितामा चाैथाे भएकाे छ ।

गएकाे शुक्रवार भएको दाेस्राे सेमिफाइनलमा काजकिस्तानसँग हारेसँगै यसअघिको दुवै संस्करणकाे विजेता नेपाल फाइनल पुग्न असफल भएकाे थियाे । शुक्रवार नै भएकाे पहिलाे सेमिफाइनलमा उज्बेकिस्तानलाई हराउँदै भारत फाइनलमा पुगेकाे थियाे ।

आजै प्रतियाेगिताकाे उपाधिका लागि भारत र काजकिस्तानबीच खेल हुँदैछ । खेल त्रिपुरेश्वरकाे कभर्ड हलमा दिउँसाे ४ बजेपछि सुरु हुनेछ ।

राखेपको विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा भएकाे प्रतियोगितामा आठ वटा टोलीको सहभागिता रहेको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

1 Comments

  • Daya r dangol

    May 28, 2023, 1:55 p.m.

    Last time second, thus year third.. next time whi knows🤩

  •  0 Reply

तपाईको प्रतिक्रिया