विश्वका ११२ देशसँग नेपालको व्यापार घाटा, भारत र चीनसँग सबैभन्दा बढी घाटा

 कात्तिक ९, २०७५ शुक्रबार १५:३:१३ | रासस
unn.prixa.net

काठमाडौं – विश्वका ११२ देशसँग नेपालको व्यापार घाटा रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पछिल्लो तीन महिनाको विवरणमा विश्वका १४० देशमध्ये २८ देशसँग मात्रै नेपालको व्यापार नाफामा रहेको छ भने ११२ देशसँग घाटा रहेको छ ।

नेपालको सबैभन्दा धेरै व्यापार घाटा छिमेकी देश भारत र चीनसँग नै रहेको छ । पछिल्लो तीन महिनाको विवरणअनुसार भारतसँग रु दुई खर्ब २२ अर्ब ९५ करोड ९२ लाख पाँच हजार बराबरको व्यापार घाटा छ ।

भारतबाट मात्रै रु दुई खर्ब ३६ अर्ब १२ करोड ३४ लाख १९ हजार बराबरको वस्तु आयात भएको छ । नेपालबाट भारततर्फ भने रु १३ अर्ब १६ करोड ४२ लाख १४ हजार बराबरको वस्तु मात्रै निर्यात भएको छ ।

व्यापार घाटाको दोस्रो स्थानमा रहेको चीनबाट पछिल्लो तीन महिनामा रु ५३ अर्ब ११ करोड ५६ लाख ८५ हजार बराबरको वस्तु आयात भएको छ । सो अवधिमा नेपालबाट रु ५६ करोड ४० लाख बराबरको माल वस्तु मात्रै निर्यात भएको छ । नेपाल र चीनबीचको व्यापार घाटा रु ५२ अर्ब ५५ करोड १५ लाख ८९ हजार रहेको छ ।

नेपालको तेस्रो व्यापार घाटा युरोपेली देश फ्रान्ससँग रहेको छ । रु १४ अर्ब २६ करोड ५३ लाख बराबरको माल वस्तु सो देशबाट आयात भएको छ भने नेपालबाट रु ३५ करोड २२ लाख ८८ हजार बराबरको सामान मात्रै निर्यात हुँदा व्यापार घाटा रु १३ अर्ब ९१ करोड ३० लाख १३ हजार हुन पुगेको छ ।

यस्तै युनाइटेड अरब इमिरेट्स (युएइ)सँगको व्यापार घाटा चौथो स्थानमा रहेको छ । उक्त देशबाट रु सात अर्ब ९० करोड ८३ लाख ८५ हजार बराबरको सामान आयात भएकामा नेपालबाट रु तीन करोड ७५ लाख ४७ हजार बराबरको सामान मात्रै निर्यात भएको छ । सो देशसँग नेपालको व्यापार घाटा रु सात अर्ब ८७ करोड ८३ लाख ८० हजार बराबर छ ।

नेपालको व्यापार घाटा रहेका देशमा थाइल्याण्ड, स्वीट्जरल्याण्ड, इन्डोनेशिया, क्यानडा, मलेसिया, अर्जेन्टिना, युक्रेन, साउदी अरब, दक्षिण अफ्रिका, इटाली, भियतनाम, दक्षिण कोरिया, अष्ट्रेलिया, तुर्केमेनिस्तान, चीनको ताइवान, जापान, सिङ्गापुर, हङ्कङलगायत ११२ देश रहेका छन् ।

अल्वानियाबाट रु एक लाख १४ हजार बराबरको माल सामान आयात भएको छ भने नेपालबाट सो देशमा कुनै पनि माल वस्तु निर्यात हुन सकेको छैन ।
रुवाण्डाबाट रु एक लाख २२ हजार बराबरको मालसामान आयात भएकामा नेपालबाट रु दुई लाख २० हजार बराबरको निर्यात भएको छ ।

संयुक्त राज्य अमेरिकासँग भने नेपालको व्यापारमा फाइदा रहेको विभागको पछिल्लो विवरणमा उल्लेख छ । अमेरिकामा रु तीन अर्ब १९ करोड ७८ लाख ५९ हजार बराबरको व्यापार भएको छ । सो देशबाट नेपालमा रु दुई अर्ब ५२ करोड ९५ लाख ३५ हजार बराबरको समान आयात भएकामा रु ६६ करोड ८३ लाख बराबरको नाफा रहेको छ ।

नेपालको व्यापारमा नाफा रहेका देशमा नर्वे, फिनल्याण्ड, अष्ट्रिया, माल्दिभ्स, मोरक्को, इस्टोनिया, अफगानिस्तान, लेवनान, एल साल्भाडोर, उरुग्वे, साइप्रस लगायतका देश छन् ।

पछिल्लो तीन महीनामा रु तीन खर्ब ४९ अर्ब ८४ करोड २३ लाख २८ हजार बराबरको व्यापार घाटा हुन पुगेको छ । कुल रु तीन खर्ब ७३ अर्ब ५८ करोड ७२ लाख ५८ हजार बराबरको माल वस्तु आयात हुँदा रु २३ अर्ब ७४ करोड ४९ लाख ३० हजार बराबरको मात्रै निर्यात हुन सकेको छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया