फ्रान्सको राजधानी पेरिसमा शक्तिशाली विष्फोट : दुई जना बेपत्ता, ३७ जना घाइते

 असार ७, २०८० बिहीबार ९:१९:५९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – फ्रान्सको राजधानी शहर पेरिसको मध्य भागमा शक्तिशाली विस्फोट भएको छ । विस्फोटमा परेर दुई जना बेपत्ता भएका छन् भने कम्तिमा ३७ जना घाइते छन् । 

पेरिसको मध्य भागमा स्कुल क्षेत्र नजिक विस्फोटको घटना भएको हो । घटनामा घाइते चार जनाको अवस्था गम्भीर रहेको छ ।

घटनापछि आपतकालीन कामदारहरूले वेपत्ताको खोजी गरिरहेका बीबीसीले जनाएको छ । 

विस्फोटको मुख्य कारण खुलेको छैन । प्रत्यक्षदर्शीका अनुसार विस्फोट हुनुअघि त्यस क्षेत्रमा ग्यासको गन्ध आएको थियो ।

विष्फोट भएको क्षेत्र पर्यटकमाझ पनि लोकप्रिय छ ।
 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया