उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
काठमाण्डाै – शेयर बजार आज बिहीवार खासै घटबढ नभई दुई हजार ४९ विन्दुमै रहेको छ । दिनभर घटबढ भएको शेयर बजार परिसूचक नेप्से बन्द हुने बेलामा शून्य दशमलव शून्य छ अङ्कले घटेको छ ।
आज विकास बैंक, होटल, जलविद्युत्, जीवन बीमा र उत्पादन समूहको शेयर सामान्य बढेको छ । सिटी होटल, रेवा इनर्जी र अपर तामाकोशी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै मोदी इनर्जी लिमिटेडको शेयर १० प्रतिशतले ओरालो लागेको छ ।
आज दुई सय ८० वटा कम्पनीका ९७ लाख ५१ हजार कित्ता शेयर कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १८ करोड ५६ लाख रुपैयाँको शेयर किनबेच भयो । समग्रमा आज तीन अर्ब सात करोड ७४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।