ग्लोबल आईएमईले ल्यायो 'ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा'

 असार २१, २०८० बिहीबार २०:३८:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ग्लोबल आईएमई बैंक लिमिटेडले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई लक्षित गरी ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा योजना सञ्चालनमा ल्याएको छ ।

याे याेजनाअन्तर्गत वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि ५० हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्मको कर्जा विना धितो प्रदान गरिने बैंकले जनाएकाे छ । यो कर्जा १२ दशमलव शून्य आठ प्रतिशतको स्थिर ब्याजदरमा पाइनेछ ।

नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त गरी २१ वर्ष वा त्याेभन्दा बढी उमेरका वैदेशिक रोजगारीमा जान लागेका तथा ग्लोबल आईएमई बैंकमा कुनै पनि प्रकारको बचत खाता भएकाहरूले यस योजनाअन्तर्गत आईएमई पे वालेटबाट आवेदन दिई कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएकाे छ ।

बैंकले नेपाल, भारत र भुटानबाहेक मलेसिया, साउदी अरेबिया, कतार, ओमान, यूएई, जापान, दक्षिण कोरिया र अन्य प्रचलित गन्तव्यहरूमा वैदेशिक रोजगारीका लागि जानेहरूलाई प्राथमिकताका आधारमा कर्जा उपलब्ध गराउनेछ । याे कर्जाको अवधि १८ महिनाको रहेको छ ।

बैंकले यूके एड, सीप दक्षता कार्यक्रम, आईएमई पे र आध्यान्त फन्ड म्यानेजमेन्ट लिमिटेडसँगको सहकार्यमा याे कर्जा कार्यक्रम ल्याएको हो ।

ग्लोबल आईएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५७ शाखा कार्यालय, ३६२ एटीएम, ३२२ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्शन तथा राजस्व सङ्कलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गरिरहेको छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया