पाकिस्तानको लाहोरमा मुसलधारे वर्षाका कारण १७ जनाको ज्यान गयो, ५० जनाभन्दा धेरै घाइते

 असार २२, २०८० शुक्रबार ६:२०:२ | एजेन्सी
unn.prixa.net

पाकिस्तानको पूर्वी प्रान्त लाहोरमा मुसलधारे वर्षाका कारण कम्तीमा १७ जनाको ज्यान गएको छ । ५० जनाभन्दा धेरै घाइते घाइते भएका छन् । 

ठूलो वर्षापछि डुबेर, भत्किएका भग्नावशेषमा पुरिएर र  करेन्ट लागेर उनीहरुको ज्यान गएको पाकिस्तानकाे उद्धार विभागले जनाएको छ ।

 पूर्वी पञ्जाब प्रान्तको प्रान्तीय राजधानी लाहाेरमा विगत ३० वर्षयताकै सबैभन्दा धेरै २ सय ९१ मिलिमिटर वर्षा भएको छ । अस्ति र हिजोको वर्षाले सहरी क्षेत्रमा बाढी आएको छ । भौतिक पूर्वाधारमा क्षति पुगेको छ ।

प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका महानिर्देशक इमरान कुरेशीले सडक र अन्डरपास डुबान हुँदा यातायात सेवासमेत प्रभावित भएको जानकारी दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया