साउदी अरबले पाकिस्तानको केन्द्रीय बैंकलाई दुई अर्ब डलर पठायो

 असार २७, २०८० बुधबार १४:५३:८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

साउदी अरेबियाले पाकिस्तानको केन्द्रीय बैंकलाई दुई अर्ब डलर रकम पठाएको छ । पाकिस्तानका अर्थमन्त्रीले साउदी अरबबाट ऋण र अनुदान गरेर दुई अर्ब डलर प्राप्त भएको जानकारी दिएका बीबीसी हिन्दीले जनाएको छ ।

सङ्कटमा परेको पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट बेलआउट प्याकेज पाएपछि साउदीबाट दोस्रो ठूलो राहत पाएको हो । गएको महिनाको अन्तिम दिनमा पाकिस्तानले आईएमएफबाट तीन अर्ब डलरको राहत प्याकेज पाउने सहमति गरेको छ ।

पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले सहयोगका लागि साउदी अरेबियालाई धन्यवाद दिनुभएको छ । यो रकम जम्मा गर्दा पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा वृद्धि हुने प्रधानमन्त्री शरीफले बताउनुभएको छ ।

पाकिस्तान र साउदी अरेबियाको सम्बन्ध पाकिस्तानको स्थापनादेखि नै बलियो छ । पाकिस्तानका प्रधानमन्त्री र राष्ट्रप्रमुखहरू आफ्नो पहिलो विदेश भ्रमणका रूपमा साउदी जाने गरेका छन् ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया